• कृषि, पशुपन्छी, मत्स्य, भूमि व्यवस्था तथा सहकारी सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजनाहरूको तर्जुमा,
  • मन्त्रालय र मातहतका कार्यालयहरूको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा,
  • आवधिक योजना तथा कृषि विकास रणनीतिको कार्यान्वयन,
  • कृषि, पशुपन्छी, मत्स्य, भूमि व्यवस्था तथा सहकारी विकास सम्बन्धी नीति, योजना तथा मापदण्डको कार्यान्वयन सहजीकरण,
  • बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी विषयमा अन्तर मन्त्रालय, अन्तर महाशाखा तथा मातहतका कार्यालयहरू बीच समन्वय,
  • मन्त्रालयस्तरीय आर्थिक, वित्तीय तथा प्राविधिक तथ्याङ्क व्यवस्थापन,
  • आयोजना तथा कार्यक्रमहरूको आवधिक प्रगति तयारी तथा अभिलेखीकरण,
  • आयोजना तथा कार्यक्रमहरूको नियमित अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण।