पशुपन्छी तथा मत्स्य प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन र नियमन,
पशु स्वास्थ्य सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन,
पशु स्वास्थ्य एवं चिकित्सा सेवा नियमन,
राष्ट्रिय तथा प्रादेशिक महत्वका रोगहरूको अन्वेषण, नियन्त्रण, रोकथाम एवं उन्मूलन सहयोग तथा सहजीकरण,
पशुपन्छी तथा मत्स्य उत्पादन सामग्रीहरूको आपूर्ति व्यवस्था र नियमन,
जुनोटिक रोग नियन्त्रण तथा भेटेरिनरी इपिडिमियोलोजी सम्बन्धी कार्य,
पशुपन्छी तथा मत्स्य रोगको प्रकोप वा प्राकृतिक विपत्तिको समयमा आपतकालीन प्रतिकार्य योजना तर्जुमा, कार्यान्वयन तथा पुनःस्थापना सहयोग सम्बन्धमा मातहतका कार्यालयहरूसँग समन्वय,
पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको गुणस्तर निर्धारण र नियमन,
पशु नश्ल सुधार, चरन व्यवस्थापन तथा पशुपन्छी आहार व्यवस्थापन,
पशु आनुवंशिक स्रोत तथा जैविक विविधता संरक्षण,
पशुपन्छी तथा मत्स्य विकासका सम्बन्धमा संघ तथा स्थानीय तह र अन्य सम्बन्धित संघसंस्थासँग समन्वय,
जलवायुमैत्री पशुपालन प्रवर्द्धन तथा वातावरण संरक्षण,
महाशाखा सम्बन्धी कार्यमा अन्तर महाशाखा तथा मातहतका कार्यालयहरू बीच समन्वय,