• कृषि शिक्षा, अनुसन्धान र प्रसारबीच समन्वय तथा सहकार्य,
  • कृषि उद्यमी, व्यवसायी र प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा व्यवसायिक योजना तयारी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन,
  • तालिम आवश्यकता पहिचान, पाठ्यक्रम तथा तालिम सामग्री विकास, तालिम सञ्चालन तथा प्रभावकारिता अध्ययन सम्बन्धी कार्य,
  • प्रदेशका कृषि उद्यमी तथा व्यवसायीहरूको रोष्टर तयारी तथा अध्यावधिक सम्बन्धी कार्य,
  • व्यवसायिक योजना तयारी सम्बन्धी सहयोग,
  • कृषि व्यवसाय इन्क्युबेशन सेन्टर तथा कृषि सूचना केन्द्र सम्बन्धी कार्य,
  • बागवानी व्यवसाय प्रवर्द्धन,
  • बागवानी आनुवंशिक स्रोत संरक्षण तथा बागवानी स्रोत केन्द्रको रूपमा कार्य गर्ने,
  • फलफूल नर्सरी मापदण्ड तयारी तथा अध्यावधिक,
  • फलफूल बिरुवा माग तथा आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य,
  • नर्सरी विकास तथा गुणस्तर निर्धारण, अनुगमन तथा नियमन,
  • केन्द्रलाई सिकाइ स्थल (Learning Center) को रूपमा विकास गर्न फार्म फिल्ड अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य,
  • कृषि तालिम तथा स्रोत केन्द्र विकास सम्बन्धी नीतिगत पृष्ठपोषण,
  • केन्द्रको आन्तरिक व्यवस्थापन, आर्थिक प्रशासन र कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन सम्बन्धी कार्य,
  • कृषि उत्पादन, व्यवसाय प्रवर्द्धन, उपज प्रशोधन र अन्य सेवा सम्बन्धी कार्यहरूको सञ्चालन तथा अनुगमन,
  • कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, जातीय विकास तथा संवर्द्धन, रोग किरा व्यवस्थापन, आनुवंशिक स्रोत संरक्षण र दीगो विकास सम्बन्धी अनुसन्धानमूलक कार्यक्रम सञ्चालन,
  • बीउ वृद्धि तथा गुणस्तरीय कृषि सामग्री विकासका लागि अनुसन्धान र प्राविधिक सहयोग,
  • कृषि क्षेत्रका प्रादेशिक महत्वका कार्यक्रमहरूको कार्यान्वयन विधि, प्रक्रिया तथा अवस्थाको सम्बन्धमा अनुसन्धान, सुधारका उपायहरू पहिचान तथा कार्यक्रम प्रभावकारिता अभिवृद्धि सम्बन्धी कार्य,
  • कृषि मूल्य शृङ्खला विकास सम्बन्धी अनुसन्धान तथा सिफारिस।