• कृषि सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन र नियमन,
  • खाद्य प्रविधि विकास तथा विस्तार,
  • खाद्य वस्तुको गुणस्तर अनुगमन, परीक्षण एवं नियमन,
  • खाद्य सुरक्षा, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता,
  • कृषि सामग्रीहरूको आपूर्ति व्यवस्था र नियमन,
  • रोग किरा नियन्त्रण तथा व्यवस्थापन,
  • रैथाने बाली प्रवर्द्धन तथा कृषि जैविक विविधता संरक्षण,
  • जलवायुमैत्री कृषि प्रवर्द्धन तथा वातावरण संरक्षण,
  • उत्पादन सामग्रीको गुणस्तर निर्धारण र नियमन,
  • कृषि सम्बन्धी आपतकालीन प्रतिकार्य योजना तर्जुमा, कार्यान्वयन तथा पुनःस्थापना सहयोग सम्बन्धमा मातहतका कार्यालयहरूसँग समन्वय
  • विकासका सम्बन्धमा संघ तथा स्थानीय तह र अन्य सम्बन्धित संघसंस्थासँग समन्वय,
  • प्राङ्गारिक कृषि र कृषि पर्यटन प्रवर्द्धन,
  • महाशाखा सम्बन्धी कार्यमा अन्तर महाशाखा तथा मातहतका कार्यालयहरू बीच समन्वय,
  • कृषि विमा सहजीकरण,
  • कृषि विकास सम्बन्धी अन्य कार्यहरु।