• पशुपन्छी तथा मत्स्य अनुसन्धान, विकास, प्रविधि प्रसार तथा प्रशिक्षण सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्थाका लागि पृष्ठपोषण सम्बन्धी कार्य,
  • पशुपन्छी तथा मत्स्य क्षेत्रको प्रादेशिक महत्वका कार्यक्रमहरुको कार्यान्वयन विधि, प्रक्रिया तथा अवस्थाको सम्बन्धमा अनुसन्धान, सुधारका उपायहरु पहिचान तथा कार्यक्षमताको अभिवृद्धिका लागि सिफारिस सम्बन्धी कार्य,
  • सम्भाव्यता, उपयुक्तता र क्षमताका आधारमा पशुपन्छी तथा मत्स्य क्षेत्रका कार्यक्रम तथा आयोजना विकास,
  • पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि, नस्ल सुधार, रोग व्यवस्थापन, आनुवंशिक स्रोत संरक्षण र ब्रीड विकास सम्बन्धी अनुसन्धानमूलक कार्यक्रम सञ्चालन,
  • घाँसेबाली उत्पादन, बीउ वृद्धि तथा गुणस्तरीय पशु आहार विकासका लागि अनुसन्धान र प्राविधिक सहयोग,
  • पशुपन्छी तथा मत्स्य मूल्य श्रृंखला विकास सम्बन्धी अनुसन्धान तथा सिफारिस,
  • पशुपन्छी तथा मत्स्य विकास र व्यवस्थापन प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरुको पहिचान, योजना तर्जुमा तथा कार्यान्वयनका लागि सरोकारवालासँग सहकार्य प्रवर्द्धन सम्बन्धी कार्य,
  • मत्स्यपालनका लागि प्राकृतिक जलाशय तथा जलस्रोतको सर्वेक्षण गर्ने तथा जलीय जैविक विविधताको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा आयोजनाहरुको पहिचान,
  • नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरु र पशुपन्छी तथा मत्स्य सम्बन्धी अन्य अनुसन्धान तथा विकास कार्यमा संलग्न संस्थाहरुसँग समन्वय,
  • नवीनतम प्रविधि परीक्षण तथा सफल प्रविधिको प्रसार तथा अनुसरण प्रवर्द्धन,
  • महामारीजन्य तथा प्राथमिकता प्राप्त रोगहरुको निगरानी, रोग नियन्त्रण, खोपको प्रभावकारिता मूल्याङ्कन र रोग उन्मूलन कार्यक्रम सञ्चालनका लागि मन्त्रालयसँगको समन्वयमा जिल्लास्थित कार्यालयहरुलाई सहजीकरण,
  • जुनोटिक रोग तथा प्रतिजैविक प्रतिरोध सम्बन्धी अनुसन्धानमूलक कार्य तथा जनचेतना अभिवृद्धि साथै एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य,
  • पशु कल्याण प्रवर्द्धन सम्बन्धी कार्य,
  • पशु रोग नियन्त्रण र पशुपन्छीजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि खोप, औषधि, बीउ, नस्ल र सोसँग सम्बन्धित सामग्री आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य,
  • प्रदेशस्तरीय खोप बैंक सञ्चालन,
  • जिल्लागत खोप आवश्यकताको पहिचान तथा खोप वितरण व्यवस्थापन,
  • वितरण खोपको संचित अवस्था तथा प्रयोगको अनुगमन,
  • खोपको प्रभावकारिता अध्ययन सहजीकरण,
  • कृषकस्तर, पशुपन्छी तथा मत्स्य सेवाका प्राविधिक तथा अधिकृतस्तरका कर्मचारीहरुको तालिम आवश्यकताको पहिचान सम्बन्धी कार्य,
  • तालिम पाठ्यक्रम तर्जुमा तथा समय सापेक्ष परिमार्जन,
  • विषयगत तालिम अनुसार आवश्यक तालिम सामग्रीहरु विकास,
  • प्रदेशस्तरमा विषय विज्ञता अनुसार प्रशिक्षक रोष्टर तयारी तथा अध्यावधिक सम्बन्धी कार्य,
  • कृषक, उद्यमी, सहायक तथा अधिकृतस्तरका कर्मचारीहरुको लागि ज्ञान, सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन,
  • प्राविधिक कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि स्वदेश तथा विदेशमा सञ्चालन हुने विषयगत तालिम, कार्यशाला, सभा, सम्मेलनहरुमा सहभागिता सम्बन्धी कार्य,
  • आवश्यकतानुसार अन्य सरकारी, गैर सरकारी तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समन्वयमा पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिम सञ्चालन,
  • तालिम प्रभावकारिता अध्ययन तथा मूल्याङ्कन र सोको आधारमा विषयगत तालिमहरुको सुधार तथा परिमार्जन सम्बन्धी नीतिगत पृष्ठपोषण,
  • पशुपन्छी तथा मत्स्य सम्बन्धी प्रविधि प्रसार सामग्री विकास, प्रकाशन तथा वितरण।