भूमि व्यवस्थापन, भूमि प्रशासन, जग्गा नापजाँच, भूमि सुधार, भू-उपयोग/वर्गीकरण तथा चक्लाबन्दी सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
जग्गा दर्ता र नक्सा संशोधन तथा क्षेत्रफल सुधार, भोगाधिकार, लिज, हाल साविक, रोक्का तथा फुकुवा, न्यूनतम मूल्याङ्कन र सो सम्बन्धी दस्तुर तथा शुल्क निर्धारण,
गुठी तथा गुठी जग्गाको संरक्षण, अभिलेख व्यवस्थापन, मोही नामसारी, बाडफाँट तथा मोहीको लागत सम्बन्धी कार्य,
भू-उपयोगको व्यवस्थापन, जग्गाको हदबन्दी तथा बिक्री वितरण सम्बन्धी कार्य,
सुरक्षित बसोबास, जग्गा एकीकरण र सह-भर्ना सम्बन्धी कार्य,
भूमिहीन सुकुम्बासी, दलित, मुक्त कमैया, हलिया, हरवा चरवा आदि वर्गको बसोबास र पुनर्स्थापना सम्बन्धी कार्य,
कित्ता नापी तथा भूमि लागत सम्बन्धी मापदण्ड निर्धारण,
नाप नक्सा सम्बन्धी व्यवस्थापकीय कार्य, प्रदेशस्तरीय नियन्त्रण बिन्दुको स्थापना तथा सञ्चालन र नाप नक्सा सम्बन्धी समस्याहरूको समाधान,
प्रदेशस्तरीय टोपोग्राफिक नक्सा तयार गर्ने सम्बन्धी कार्य,
संघीय सरकारबाट प्राप्त हुने नक्सा, भौगोलिक सूचना, प्रदेशभित्रको नापनक्सा र भूमि प्रशासन सम्बन्धी अभिलेख व्यवस्थापन,
भू-सूचना प्रविधि प्रणालीको स्थापना तथा सञ्चालन,
महाशाखा सम्बन्धी कार्यमा अन्तर महाशाखा तथा मातहतका कार्यालयहरू बीच समन्वय।