• एपीस सेरेना तथा एपीस मेलिफेरा मौरीको विकास, विस्तार तथा व्यावसायीकरण,
  • मौरी स्रोत विकास कार्यक्रम सञ्चालन,
  • मौरी तथा च्याउ सम्बन्धी स्थलगत तालिम तथा अध्ययन भ्रमण व्यवस्थापन,
  • गुणस्तरीय रानी मौरी विकास, प्रशारण तथा वितरण,
  • मौरीका विभिन्न प्रजाति तथा उप-प्रजातिहरूको संकलन, संरक्षण, जातीय सुधार र उपयोग,
  • रेशम माटो संरक्षण तथा रेशम विकास सम्बन्धी कार्य,
  • विभिन्न प्रजातिका च्याउको उत्पादन सम्भाव्यता परीक्षण तथा च्याउ उत्पादनको विविधीकरण र व्यावसायीकरण सम्बन्धी कार्य,
  • मह र च्याउ मूल्य श्रृंखला विकास,
  • कार्यालय परिसरलाई मौरी र च्याउ सम्बन्धी सिकाइ तथा अनुसन्धान स्थलको रूपमा विकास,
  • च्याउ, मौरी र रेशम कीराको सेन्टर अफ एक्सिलेन्स (Center of Excellence) को रूपमा कार्य गर्ने।