• मन्त्रालयको आन्तरिक व्यवस्थापन,
  • अन्तर मन्त्रालय समन्वय, अन्तर महाशाखा तथा मातहतका निकायहरू बीच समन्वय तथा आन्तरिक नियन्त्रण प्रणालीको स्थापना र कार्यान्वयन,
  • मन्त्रिपरिषद्मा पेश गरिने प्रस्तावहरू तयारी,
  • मन्त्रालयको प्रशासनिक कार्यहरू सम्पादन तथा मातहतका कार्यालयहरूको प्रशासनिक कार्य सम्पादन, समन्वय, अनुगमन तथा निर्देशन,
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको नियुक्ति, विदा, काज, सरुवा, बढुवा, तालिम, प्रोत्साहन, पुरस्कार, छात्रवृत्ति, विभागीय कारवाही लगायतका प्रशासनिक कार्य सम्पादन सम्बन्धी कार्य,
  • मन्त्रालय निरीक्षण, पालो-पहरा, सरसफाइ, सवारी साधनको व्यवस्थापन,
  • कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्य,
  • मन्त्रालयको आर्थिक-वित्तीय प्रशासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य,
  • आन्तरिक बजेट तथा कार्यक्रम तयारीका लागि योजना महाशाखासँग समन्वय,
  • आर्थिक प्रशासन सम्बन्धी निर्णयमा राय परामर्श,
  • बहुवर्षीय खरिद गुरुयोजनाको खर्च सम्बन्धी अभिलेख,
  • एकीकृत बेरुजु लगत तयारी तथा फछ्र्यौट सम्बन्धी कार्य,
  • मन्त्रालय र मातहतका कार्यालयहरूलाई आवश्यकता अनुसार कानूनी राय परामर्श,
  • मन्त्रालय सम्बद्ध विवाद निरुपणका सम्बन्धमा लिखित जवाफ, प्रतिउत्तर पत्र, पुनरावेदन पत्र सम्बन्धी कार्य,
  • अर्धन्यायिक तथा न्यायिक विषयमा मन्त्रालयको प्रतिनिधित्व,
  • मन्त्रालयबाट तर्जुमा हुने कानूनी दस्तावेजको मस्यौदा तयारीमा कानूनी राय परामर्श तथा सहयोग,
  • अदालतबाट भएका फैसला कार्यान्वयन सम्बन्धी कार्य,
  • सहकारी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण र नियमन सहयोग,
  • सहकारी सम्बन्धमा संघीय, अन्तर प्रादेशिक र स्थानीय तहका संघसंस्थासँग समन्वय र सहकार्य,
  • सुशासन प्रवर्द्धन सम्बन्धी कार्य,महाशाखालाई तोकिएका कार्यहरूका अतिरिक्त कुनै पनि महाशाखाले सम्पादन गर्ने भनी किटानी नगरिएका कार्य।