- प्रदेशस्तरमा सञ्चालन हुने संघीय तथा प्रादेशिक आयोजनाहरूको कार्यान्वयन तथा व्यवस्थापन,
- संघ, अन्य प्रदेश र स्थानीय तहहरू बीच नीति, कानुन, योजना र कार्यक्रमगत समरूपता कायम गर्न आवश्यक समन्वय,
- महाशाखा सम्बन्धी कार्यमा अन्तर महाशाखा तथा मातहतका कार्यालयहरू बीच समन्वय,
- प्रदेशस्तरमा सञ्चालन गर्न सकिने आयोजना तथा विशेष कार्यक्रमहरूको पहिचान तथा सम्भाव्यता अध्ययन,
- आयोजना बैंकमा प्रविष्टिका लागि मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तर्जुमा,
- कृषि तथा पशुपालनको क्षेत्रमा क्रियाशील विकास साझेदार निकायहरूसँग समन्वय, सहकार्य तथा साझेदारी विकास।