सहकारीको सिद्धान्त र मूल्यहरूको प्रवर्द्वन गर्दै सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र विस्तार गरी प्रदेशको दिगो र समतामूलक आर्थिक सामाजिक विकासमा योगदान पुर्याउने।
कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने।
पशुपछिं पालनमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै व्यवसायिक, प्रतिस्पर्धी एवं स्वस्थ पशुपछिं उत्पादनको सुनिश्चितता एवं पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रलाई आय आर्जनका साथै रोजगारीको माध्यमका रुपमा विकास गर्ने।