पशुपन्छी तथा मत्स्य अनुसन्धान, विकास, प्रविधि प्रसार तथा प्रशिक्षण सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्थाका लागि पृष्ठपोषण सम्बन्धी कार्य,
पशुपन्छी तथा मत्स्य क्षेत्रको प्रादेशिक महत्वका कार्यक्रमहरुको कार्यान्वयन विधि, प्रक्रिया तथा अवस्थाको सम्बन्धमा अनुसन्धान, सुधारका उपायहरु पहिचान तथा कार्यक्षमताको अभिवृद्धिका लागि सिफारिस सम्बन्धी कार्य,
सम्भाव्यता, उपयुक्तता र क्षमताका आधारमा पशुपन्छी तथा मत्स्य क्षेत्रका कार्यक्रम तथा आयोजना विकास,
पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि, नस्ल सुधार, रोग व्यवस्थापन, आनुवंशिक स्रोत संरक्षण र ब्रीड विकास सम्बन्धी अनुसन्धानमूलक कार्यक्रम सञ्चालन,
घाँसेबाली उत्पादन, बीउ वृद्धि तथा गुणस्तरीय पशु आहार विकासका लागि अनुसन्धान र प्राविधिक सहयोग,
पशुपन्छी तथा मत्स्य मूल्य श्रृंखला विकास सम्बन्धी अनुसन्धान तथा सिफारिस,
पशुपन्छी तथा मत्स्य विकास र व्यवस्थापन प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरुको पहिचान, योजना तर्जुमा तथा कार्यान्वयनका लागि सरोकारवालासँग सहकार्य प्रवर्द्धन सम्बन्धी कार्य,
मत्स्यपालनका लागि प्राकृतिक जलाशय तथा जलस्रोतको सर्वेक्षण गर्ने तथा जलीय जैविक विविधताको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा आयोजनाहरुको पहिचान,
नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरु र पशुपन्छी तथा मत्स्य सम्बन्धी अन्य अनुसन्धान तथा विकास कार्यमा संलग्न संस्थाहरुसँग समन्वय,
नवीनतम प्रविधि परीक्षण तथा सफल प्रविधिको प्रसार तथा अनुसरण प्रवर्द्धन,
महामारीजन्य तथा प्राथमिकता प्राप्त रोगहरुको निगरानी, रोग नियन्त्रण, खोपको प्रभावकारिता मूल्याङ्कन र रोग उन्मूलन कार्यक्रम सञ्चालनका लागि मन्त्रालयसँगको समन्वयमा जिल्लास्थित कार्यालयहरुलाई सहजीकरण,
जुनोटिक रोग तथा प्रतिजैविक प्रतिरोध सम्बन्धी अनुसन्धानमूलक कार्य तथा जनचेतना अभिवृद्धि साथै एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य,
पशु कल्याण प्रवर्द्धन सम्बन्धी कार्य,
पशु रोग नियन्त्रण र पशुपन्छीजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि खोप, औषधि, बीउ, नस्ल र सोसँग सम्बन्धित सामग्री आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य,
प्रदेशस्तरीय खोप बैंक सञ्चालन,
जिल्लागत खोप आवश्यकताको पहिचान तथा खोप वितरण व्यवस्थापन,
वितरण खोपको संचित अवस्था तथा प्रयोगको अनुगमन,
खोपको प्रभावकारिता अध्ययन सहजीकरण,
कृषकस्तर, पशुपन्छी तथा मत्स्य सेवाका प्राविधिक तथा अधिकृतस्तरका कर्मचारीहरुको तालिम आवश्यकताको पहिचान सम्बन्धी कार्य,
तालिम पाठ्यक्रम तर्जुमा तथा समय सापेक्ष परिमार्जन,
विषयगत तालिम अनुसार आवश्यक तालिम सामग्रीहरु विकास,
प्रदेशस्तरमा विषय विज्ञता अनुसार प्रशिक्षक रोष्टर तयारी तथा अध्यावधिक सम्बन्धी कार्य,
कृषक, उद्यमी, सहायक तथा अधिकृतस्तरका कर्मचारीहरुको लागि ज्ञान, सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सञ्चालन,
प्राविधिक कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि स्वदेश तथा विदेशमा सञ्चालन हुने विषयगत तालिम, कार्यशाला, सभा, सम्मेलनहरुमा सहभागिता सम्बन्धी कार्य,
आवश्यकतानुसार अन्य सरकारी, गैर सरकारी तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समन्वयमा पशुपन्छी तथा मत्स्य सम्बन्धी तालिम सञ्चालन,
तालिम प्रभावकारिता अध्ययन तथा मूल्याङ्कन र सोको आधारमा विषयगत तालिमहरुको सुधार तथा परिमार्जन सम्बन्धी नीतिगत पृष्ठपोषण,
पशुपन्छी तथा मत्स्य सम्बन्धी प्रविधि प्रसार सामग्री विकास, प्रकाशन तथा वितरण।