कृषि, कृषि उत्पादन, पशु विकास तथा खाद्य पोषण सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन,
कृषि तथा पशुपन्छीजन्य रोग, किरा एवं महामारी नियन्त्रण,
कृषि औद्योगीकरण र पशुपन्छी उद्योग व्यवसायको विकास तथा प्रवर्द्धन,
कृषि तथा पशु यान्त्रीकरण र उन्नत औजार विकास तथा विस्तार,
कृषि तथा पशु रोग निदान प्रयोगशाला व्यवस्थापन र नियमन,
कृषि उपज, कृषिजन्य वस्तु, पशुपन्छी, पशुपन्छीजन्य पदार्थ र पशु उत्पादन सामग्री तथा बीउबिजन एवं नश्ल सम्बन्धी सेवा र प्रविधिको गुणस्तर निर्धारण, सम्बन्धता निर्धारण, स्तरीकरण, प्रमाणीकरण र नियमन,
प्रादेशिक खाद्य सुरक्षा, खाद्य अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर,
कृषि तथा पशुपन्छी एवं खाद्य प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान एवं विकास तथा प्रवर्द्धन विशेष सेवा, तथ्याङ्क प्रणालीको व्यवस्थापन र स्रोत संरक्षण,
कृषि, मल, बीउ र विषादी आपूर्ति व्यवस्था र नियमन,
कृषि/पशु प्रसार, कृषक तालिम तथा क्षमता विकास र सशक्तिकरण,
कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन,
कृषि तथा पशुपन्छी बीमा सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयन,
कृषि बजार पूर्वाधार र कृषि फर्म केन्द्रहरूको विकास विस्तार तथा सञ्चालन,
राष्ट्रिय नीति र मापदण्ड बमोजिम फार्मको दर्ता अनुमति, नवीकरण, खारेजी र नियमन,
सामूहिक खेती, सहकारी खेती तथा कृषि करार खेतीको कार्यान्वयन र प्रवर्द्धन,
चरन तथा खर्क सम्बन्धी नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन,
कृषिजन्य र पशुपन्छीजन्य औषधि, विषादी र सूक्ष्म पोषक तत्वयुक्त वस्तुको उपयोग र व्यवस्थापन सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा र कार्यान्वयन तथा उत्पादन, उपयोग र बिक्री वितरणको अनुमति, अनुगमन र नियमन,
भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच, भूमि सुधार, भू-उपयोग/वर्गीकरण तथा चलचल्ती सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
निजी, सरकारी तथा सार्वजनिक जग्गाको प्रादेशिक अभिलेख व्यवस्थापन,
जग्गा दर्ता, रजिस्ट्रेसन, जग्गाधनी प्रमाणपत्र दाखिला, खारेज, स्वामित्व हस्तान्तरण सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन,
संघीय सरकारबाट प्राप्त हुने नक्सा, भौगोलिक सूचना र अभिलेख तथा प्रदेशभित्रको नाप नक्सा र अभिलेखको व्यवस्थापन,
नाप नक्साका नियन्त्रण विन्दुहरूको संजाल स्थापना,
क्रमबद्ध कित्ता नापी र भूमि लागत सम्बन्धी मापदण्ड तर्जुमा र कार्यान्वयन,
भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया, हलिया आदिको बसोबास, जीविकोपार्जन र पुनःस्थापना सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
सरकारी जग्गा भाडामा दिने सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
सुरक्षित बसोबास र जग्गा एकीकरण सम्बन्धी नीति कार्यान्वयन,
गुठी तथा गुठी जग्गा व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा गुठी तथा गुठी जग्गाको संरक्षण, अभिलेख व्यवस्थापन र संघीय तथा स्थानीय तहसँग समन्वय,
गरिबी निवारण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड एवं योजनाको तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान, सर्वेक्षण, सूचना संकलन, गरिब घर परिवार पहिचान, सामाजिक सुरक्षा र संरक्षण,
सहकारी संस्था, सहकारी संघ तथा सहकारी बैंक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन, सञ्चालन अनुमति, नियमन, तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी प्रदेशिक मापदण्ड निर्धारण र नियमन,
सहकारी सम्बन्धमा संघीय, अन्तरप्रादेशिक र स्थानीय तहका संघ संस्थासँग समन्वय र सहकार्य,
सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धन, क्षमता अभिवृद्धि र परिचालन,
गरिबी निवारण सम्बन्धी कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
गरिबी निवारण सम्बन्धी अन्तर मन्त्रालय तथा अन्तर निकाय समन्वय।