कृषि शिक्षा, अनुसन्धान र प्रसारबीच समन्वय तथा सहकार्य,
कृषि उद्यमी, व्यवसायी र प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा व्यवसायिक योजना तयारी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन,
तालिम आवश्यकता पहिचान, पाठ्यक्रम तथा तालिम सामग्री विकास, तालिम सञ्चालन तथा प्रभावकारिता अध्ययन सम्बन्धी कार्य,
प्रदेशका कृषि उद्यमी तथा व्यवसायीहरूको रोष्टर तयारी तथा अध्यावधिक सम्बन्धी कार्य,
व्यवसायिक योजना तयारी सम्बन्धी सहयोग,
कृषि व्यवसाय इन्क्युबेशन सेन्टर तथा कृषि सूचना केन्द्र सम्बन्धी कार्य,
बागवानी व्यवसाय प्रवर्द्धन,
बागवानी आनुवंशिक स्रोत संरक्षण तथा बागवानी स्रोत केन्द्रको रूपमा कार्य गर्ने,
फलफूल नर्सरी मापदण्ड तयारी तथा अध्यावधिक,
फलफूल बिरुवा माग तथा आपूर्ति व्यवस्थापन सम्बन्धी कार्य,
नर्सरी विकास तथा गुणस्तर निर्धारण, अनुगमन तथा नियमन,
केन्द्रलाई सिकाइ स्थल (Learning Center) को रूपमा विकास गर्न फार्म फिल्ड अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य,
कृषि तालिम तथा स्रोत केन्द्र विकास सम्बन्धी नीतिगत पृष्ठपोषण,
केन्द्रको आन्तरिक व्यवस्थापन, आर्थिक प्रशासन र कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन सम्बन्धी कार्य,
कृषि उत्पादन, व्यवसाय प्रवर्द्धन, उपज प्रशोधन र अन्य सेवा सम्बन्धी कार्यहरूको सञ्चालन तथा अनुगमन,
कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, जातीय विकास तथा संवर्द्धन, रोग किरा व्यवस्थापन, आनुवंशिक स्रोत संरक्षण र दीगो विकास सम्बन्धी अनुसन्धानमूलक कार्यक्रम सञ्चालन,
बीउ वृद्धि तथा गुणस्तरीय कृषि सामग्री विकासका लागि अनुसन्धान र प्राविधिक सहयोग,
कृषि क्षेत्रका प्रादेशिक महत्वका कार्यक्रमहरूको कार्यान्वयन विधि, प्रक्रिया तथा अवस्थाको सम्बन्धमा अनुसन्धान, सुधारका उपायहरू पहिचान तथा कार्यक्रम प्रभावकारिता अभिवृद्धि सम्बन्धी कार्य,
कृषि मूल्य शृङ्खला विकास सम्बन्धी अनुसन्धान तथा सिफारिस।