अन्तर मन्त्रालय समन्वय, अन्तर महाशाखा तथा मातहतका निकायहरू बीच समन्वय तथा आन्तरिक नियन्त्रण प्रणालीको स्थापना र कार्यान्वयन,
मन्त्रिपरिषद्मा पेश गरिने प्रस्तावहरू तयारी,
मन्त्रालयको प्रशासनिक कार्यहरू सम्पादन तथा मातहतका कार्यालयहरूको प्रशासनिक कार्य सम्पादन, समन्वय, अनुगमन तथा निर्देशन,
मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको नियुक्ति, विदा, काज, सरुवा, बढुवा, तालिम, प्रोत्साहन, पुरस्कार, छात्रवृत्ति, विभागीय कारवाही लगायतका प्रशासनिक कार्य सम्पादन सम्बन्धी कार्य,
मन्त्रालय निरीक्षण, पालो-पहरा, सरसफाइ, सवारी साधनको व्यवस्थापन,
कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्य,
मन्त्रालयको आर्थिक-वित्तीय प्रशासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य,
आन्तरिक बजेट तथा कार्यक्रम तयारीका लागि योजना महाशाखासँग समन्वय,
आर्थिक प्रशासन सम्बन्धी निर्णयमा राय परामर्श,
बहुवर्षीय खरिद गुरुयोजनाको खर्च सम्बन्धी अभिलेख,
एकीकृत बेरुजु लगत तयारी तथा फछ्र्यौट सम्बन्धी कार्य,
मन्त्रालय र मातहतका कार्यालयहरूलाई आवश्यकता अनुसार कानूनी राय परामर्श,
मन्त्रालय सम्बद्ध विवाद निरुपणका सम्बन्धमा लिखित जवाफ, प्रतिउत्तर पत्र, पुनरावेदन पत्र सम्बन्धी कार्य,
अर्धन्यायिक तथा न्यायिक विषयमा मन्त्रालयको प्रतिनिधित्व,
मन्त्रालयबाट तर्जुमा हुने कानूनी दस्तावेजको मस्यौदा तयारीमा कानूनी राय परामर्श तथा सहयोग,
अदालतबाट भएका फैसला कार्यान्वयन सम्बन्धी कार्य,
सहकारी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण र नियमन सहयोग,
सहकारी सम्बन्धमा संघीय, अन्तर प्रादेशिक र स्थानीय तहका संघसंस्थासँग समन्वय र सहकार्य,
सुशासन प्रवर्द्धन सम्बन्धी कार्य,महाशाखालाई तोकिएका कार्यहरूका अतिरिक्त कुनै पनि महाशाखाले सम्पादन गर्ने भनी किटानी नगरिएका कार्य।