पोखरामा पशुपंक्षी उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री माननिय चन्द्रबहादुर बुढाले शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिब श्री सवनम शिवाकोटी अर्याल सरिक हुनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै माननिय मन्त्रीज्यूले अस्पतालका लागि भवन निर्माण शुरुआत हुनु प्रदेशका लागि ऐतिहासिक र दीर्घकालिन महत्वको कार्य भएको बताउनुभयो ।
पशुपन्क्षीको उपचारका लागि निर्माण हुने अस्पताल पशुपन्क्षीसँग मात्र सम्वन्धित नरहेको बताउँदै उहाँले भन्नुभयो,“भवन निर्माणपछि अस्पतालमा उपलव्ध हुने सेवा वातावरणीय र मानविय स्वास्थ्यसँग समेत जोडिएको छ । तोकिएको मितिमै सम्पन्न भएर सेवा प्रवाहमा सहज हुने विश्वास सरकारले लिएको छ ।”
कोभिड–१९ का कारण कृषि क्षेत्रमा सरकारले लिएका लक्ष्य तथा उद्धेश्यहरु हासिल गर्न कठिनाई भएको बताउँदै चुनौतीको सबै मिलेर सामना गर्नुपर्ने कृषकलाई छिटो छरितो सेवा प्रवाह गरी उत्पादन बृद्धितर्फ मातहतका कार्यालयहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ