विषादी प्रयोग मुक्त सप्ताह- २०७७, चैत्र १९ देखी २५ गते सम्मका विविद्य झलक

कार्यक्रमको नाम: विषादी प्रयोग मुक्त सप्ताह- २०७७

मिति: चैत्र १९ देखी २५ गते सम्म

कार्यक्रम संचालन गर्ने निकाय : बाली संरक्षण प्रयोगशाला, पोखरा

नारा: “कृषिमा समुन्नति; घातक विषादी रहित खेती” (“Farming prospers; Beyond hazardous pesticide’s use”)

कार्यक्रममा उठाईएका विषयहरु:

  • विषादी एक संवेदनशिल विषय (हरेक वर्ष ४ करोड मानिसलाई विषादीले कुनै न कुनै रुपमा असर गरेको, विषादीकै कारणले वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्यु)।
  • विश्वव्यापी रुपमा २०१० देखी र नेपालमा विषादीको नकारात्मक प्रभाव’bout प्रचारप्रसार गर्ने हेतुले सन् २०१३ देखी यो सप्ताह मनाउन थालिएको।
  • विषादीहरुले लक्षित समस्या गर्ने भन्दा मानव वन्यजन्तु पानीका श्रोत माटो तथा हावामा समाविष्ट हुने।
  • विषादीको न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका साथै यसबाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्ने, व्यवस्थापन विधि, जनचेतनामूलक कार्यक्रम संचालन, ऐन नियम कार्यान्वयन पक्ष सुद्बढ र शत्रुजिवहरुको विवेकपूर्ण व्यवस्थापन कार्यमा अघि बढ्नुपर्ने।
  • अन्य देशको तुलनामा प्रति वर्ष प्रति हेक्टर विषादीको प्रयोग निकै कम (३९६ ग्राम खास विष) भएतापनि प्रयोग विधि नजानेर धेरै मानविय क्षति हुने।
  • करिव ८५% भन्दा बढी विषादी तरकारी बालीमा प्रयोग हुने गरेको।

नेपालमा हालसम्म २४ वटा खतरनाक विषादी प्रतिवन्धित।

    विषादीको सुरक्षित प्रयोग सम्बन्धि कृषक महानुभावहरुमा विशेष अनुरोध।

  • खेतबारिमा जथाभावि विषादी प्रयोग नगरौं, आफ्नो र वातावरणको ख्याल गरौं।
  • केटाकेटीलाई विषादीबाट टाढा राखौं साथसाथै विषादीलाई खानेकुरा,जनावरको दाना र चाराबाट छुट्टै स्थानमा राखौं।
  • सकेसम्म जैविक विषदीको मात्र प्रयोग गरौं र रसायनिक विषादी प्रयोग गर्न परेको खण्डमा उक्त विषादीको ’boutमा पूर्ण जानकारी लिएर मात्र प्रयोग गरौं।
  • विषादी प्रयोग गर्दा र छर्कदा सुरक्षित पहिरनको (पंजा, मास्क, चश्मा, फुल बाउला भएको सर्ट र पेन्ट, एप्रोन, बुट ईत्यादी।) प्रयोग गरौं र सम्भावित दुर्धटनाबाट बच्ने उपाय’bout सजग रहौं।
  • विषादी प्रयोग गर्नु पूर्व त्यसको लेवल (रंग र संकेत) पढौं र बुझौं।
  • जिवनासक विषादी चलाउंदा खाने, पिउने र धुम्रपान गर्ने नगरौं।
  • जिवनासक विषादी प्रयोग पश्चात प्रयोगकर्ताले रम्रो संग नुहाइ धुवाइ गर्ने, खालि भाडांको सुरक्षित तवरले नष्ट गर्ने र  फल टिफ्नको लागि प्रतिक्षा अवधि र पून: प्रयोग अवधिमा ध्यान दिने गरौं।

ध्यान राख्नुहोस: विषादी विष हो, औषधि होईन।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ