विभिन्न महत्वपुर्ण बैठक तथा कार्यक्रमहरु सम्पन्न

प्रदेशस्तर अन्तर मन्त्रालय एडियस समन्वय समिति बैठकः

नेपालको कृषि बिकासलाई रूपान्तरण गरि खाद्य तथा पोषण सुरक्षा, गरिबी न्यूनिकरण, कृषि ब्यवसायमा प्रतिस्पर्धात्मकता, उच्च र थप समतामूलक आय र किसानहरूका अधिकार सुरक्षित र सुदृढ गर्न नेपाल सरकारले बिस बर्षे (सन २०१५ देखी २०३५ सम्म) कृषि बिकास रणनिती (Agriculture Development Strategy) स्विकृती गरि अघि बढाई सकेको सन्दर्भमा प्रदेशस्तरमा यस रणनितीलाई अझ ब्यवहारिक र न्यायोचित कार्यान्वयनको लागी भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले “गण्डकी प्रदेश अन्तर मन्त्रालय एडियस समन्वय समिति” को बैठक मन्त्रालयको सचिब श्री सबनम शिवाकोटिको अध्यक्षतामा मिति २०७८ असोज १० गते सम्पन्न गरेको छ ।  

गण्डकी प्रदेशमा रहेका सबै मन्त्रालयहरू र प्रदेश निती तथा योजना आयोगको सहभागीता रहेको छलफलमा मनाङ, मुस्ताङमा उत्पादित स्याउ भण्डारण; तरार्इमा उत्पादित बिभिन्न बस्तुहरूको भण्डारण; भण्डारणमा लागतको न्यूनिकरण; पशुबस्तुहरूको बजारीकरण; अनुदानित ब्यावसायी बाट सहुलियत मूल्यमा बस्तु बिक्रि र अनुदानमा भन्दा बजार सुनिश्चिततामा जोड दिनु जरूरी आदी सुझावहरू सहभागीहरू बाट प्राप्त भएको छ ।

प्रदेशस्तर बिकास साझेदारहरूको समन्वय बैठकः

कृषि बिकास रणनितीले दृष्टिगत गरेको अवधारणाहरूलाई कार्यान्वयन गरि कृषि क्षेत्रको रूपान्तरण गर्न एकिकृत प्रयासको आवश्यक पर्ने भएकोले भू.ब्य.कृ.स.ग.नि. मन्त्रालयको सचिब श्री सबनम शिवाकोटी ज्युको अध्यक्षतामा गण्डकी प्रदेशमा रहेका बिकास साझेदारहरूको समन्वय बैठक मिति २०७८ असोज ११ गते सम्पन्न भएको छ ।

समन्वय बैठकमा नौ वटा गैह्र सरकारी संस्थाहरू, पुरन्चौर अवस्थित कृषि कलेज, नार्क र भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरिबि निवारण मन्त्रालयका अधिकृतहरूको उपस्थिति रहेको थियो । छलफलको क्रममा गैह्र सरकारी संस्थाहरूले गर्ने प्रमुख कार्यहरू र तीनका क्षेत्रहरूको ’boutमा संक्षिप्त जानकारीको साथै अब बन्ने प्रदेश कृषि बिकास रणनितीको लागी महत्वपूर्ण सुझावहरू पनि प्राप्त भएको छ ।

पुनश्चः माथि उल्लेखीत दुबै समन्वय बैठकहरूमा छलफल पूर्व आयोजक मन्त्रालयको सामान्य बस्तुस्थिति, यसले अपनाएको मुख्य प्रकृयाहरू र यसको जिल्लास्तर सम्मको संरचना आदी ’boutमा मन्त्रालयका योजना महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले प्रस्तुति गर्नु भएको थियो भने टिसियफ टु एडियसका डा. बद्रि बस्ताकोटीले कृषि बिकास रणनिती र बनाउने क्रममा रहेको प्रदेश एडियसको ’boutमा पनि सहभागीहरू माझ जानकारी गराउनु भएको थियो ।

गण्डकी प्रदेश स्थानियतहका प्राबिधिकहरूको क्षमता अभिबृद्दी कार्यक्रमः

कृषि बिकास रणनिती अवलम्बनको प्रकृयामा स्थानियस्तरमा कृषि बिकासको गतिलाई सहि दिशामा अघि बढाउनको लागी गण्डकी प्रदेशका ११ जिल्ला अन्तर्गत रहेका ८५ वटा स्थानिय तहका कृषि र पशु सेवा शाखामा कार्यरत एक एक जना (२ जना प्रति पालिका) प्राबिधकहरूलार्इ कृषि बिकास योजना, तथ्याङ्क ब्यवस्थापन र किसान सूचिकरण बिषयमा क्षमता अभिबृद्दी गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको स्थानिय तहको संख्या अनुसार गण्डकी प्रदेशमा ११ वटा जिल्लालाई ८ वटा क्लस्टरमा बिभाजन गरिएको थियो । ८ वटा क्लस्टर बाट जम्मा १६१ जना प्राबिधिकहरू मध्ये १२९ जना पुरूष र ३२ जना महिला प्रशिक्षित भएका छन । यी मध्ये ५१ जना अधिकृतस्तर र ११० जना अन्य प्राबिधिकहरू रहेका थिए । तालिममा प्रदेशमा रहेका तालिम प्राप्त प्रशिक्षकहरू बाट प्रशिक्षण गरार्इएको थियो भने सबै तालिमको संयोजन एडियस बिज्ञ श्री मीन प्रसाद बुढाथोकीले गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ