सुविधासम्पन्न भेटेरिनरी अस्पताल भवनको शिलान्यास

पोखरामा पशुपंक्षी उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री माननिय चन्द्रबहादुर बुढाले शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिब श्री सवनम शिवाकोटी अर्याल सरिक हुनुभएको थियो […]