सि.नं.
|
कार्य जिम्मेवारीहरू
|
१
|
कृषि, कृषि उत्पादन, पशु विकास तथा खाद्य पोषण, खाद्य पोषण सम्बन्धी
प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
|
२
|
कृषि तथा पशुपंछीजन्य रोग, किरा एवं महामारी नियन्त्रण
|
३
|
कृषि औद्योगिकीकरण र पशुपन्छी उद्योग व्यवसायको विकास तथा प्रबर्द्धन
|
४
|
कृषि तथा पशु यान्त्रिकीकरण र उन्नत औजार विकास तथा विस्तार
|
५
|
कृषि तथा पशुरोग निदान प्रयोगशाला व्यवस्थापन र नियमन
|
६
|
कृषिउपज, कृषिजन्य बस्तु, पशुपन्छी, पशुपन्छीजन्य पदार्थ र पशु
उत्पादन सामग्री तथा बिउबिजन एवम् नश्ल सम्बन्धी सेवा र प्रविधिको गुणस्तर
निर्धारण, सम्बद्धता निर्धारण, स्तरीयकरण, प्रमाणीकरण र नियमन
|
७
|
प्रादेशिक खाद्य सुरक्षा, खाद्य अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर
|
८
|
कृषि तथा पशुपन्छी एवं खाद्य प्रविधि सम्वन्धी अध्ययन, अनुसन्धान
एवम् विकास तथा प्रवर्द्धन, विशेषज्ञ सेवा, तथ्याङ्क प्रणालीको व्यवस्थापन र
स्रोत संरक्षण
|
९
|
कृषि मल, बिऊ र बिषादी आपूर्ति व्यवस्था र नियमन
|
१०
|
कृषि / पशु प्रसार, कृषक तालिम तथा क्षमता विकास र सशक्तिकरण
|
११
|
कृषिउपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन
|
१२
|
कृषि तथा पशुपन्छी बीमा सम्वन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयन
|
१३
|
कृषि बजार, पूर्वाधार र कृषिफार्म केन्द्रहरुको विकास, विस्तार तथा सञ्चालन
|
१४
|
राष्ट्रिय नीति र मापदण्ड बमोजिम पाराभेटको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
|
१५
|
सामुहिक खेती, सहकारी खेती तथा कृषि करार खेतीको कार्यान्वयन र प्रबर्द्धन
|
१६
|
चरन तथा खर्क सम्बन्धी प्रादेशिक नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन
|
१७
|
कृषिजन्य र पशुपन्छीजन्य औषधि, बिषादि र सूक्ष्म पोषणतत्वयुक्त
बस्तुको उपयोग र व्यवस्थापन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड
तर्जुमा र कार्यान्वयन तथा उत्पादन, उपयोग र बिक्री वितरणको अनुमति, अनुगमन
र नियमन
|
१८
|
भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच, भूमिसुधार,
भू-उपयोग/ वर्गिकरण तथा चक्लाबन्दी सम्बन्धी प्रादेशिक नीति, कानून तथा
मापदण्डको तर्जुमा, कार्यान्वयन र नियमन
|
१९
|
निजी, सरकारी तथा सार्वजनिक जग्गाको प्रादेशिक अभिलेख व्यवस्थापन
|
२०
|
जग्गादर्ता, रजिष्ट्रेशन, जग्गाधनी प्रमाण पुर्जा, दाखिल खारेज,
स्वामित्व हस्तान्तरण सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन
|
२१
|
संघीय सरकारबाट प्राप्त हुने नक्सा, भौगोलिक सूचना र अभिलेख तथा प्रदेशभित्रको नापनक्सा र अभिलेखको व्यवस्थापन
|
२२
|
नाप नक्साका नियन्त्रण विन्दुहरुको सञ्जाल स्थापना
|
२३
|
क्रमबद्ध कित्ता नापी र भूमि लगत सम्वन्धी मापदण्ड र कार्यान्वयन
|
२४
|
भूमिहिन सुकुम्वासी, दलित, मुक्त कमैया, हलिया, हरवा चरवा आदि वर्गको
बसोबास, जीविकोपार्जन र पुनःस्थापना सम्बन्धी प्रादेशिक नीति, कानून,
मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन
|
२५
|
सरकारी जग्गा भाडामा दिने सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
|
२६
|
सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति कार्यान्वयन
|
२७
|
गुठी तथा गुठीजग्गा व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा
योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा गुठी तथा गुठी जग्गाको संरक्षण,
अभिलेख व्यवस्थापन र संघीय तथा स्थानीय तहसँग समन्वय
|
२८
|
गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजनाको
तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान, सर्वेक्षण, सूचना
संकलन, गरिब घरपरिवार पहिचान, सामाजिक सुरक्षा र संरक्षण
|
२९
|
सहकारी संस्था, सहकारी संघ तथा सहकारी बैंक सम्बन्धी प्रादेशिक नीति,
कानुन तथा मापदण्डको तर्जुमा र कार्यान्वयन, सञ्चालन अनुमति, नियमन,
तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
|
३०
|
सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी प्रादेशिक मापदण्ड निर्धारण र नियमन
|
३१
|
सहकारी सम्बन्धमा संघीय, अन्तरप्रादेशिक र स्थानीय तहका संघ संस्थासँग समन्वय र सहकार्य
|
३२
|
सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धन, क्षमता अभिवृद्धि र परिचालन |